इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
काठमाडाैं | मंसिर २९, २०८०
साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७-१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो ।
परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’
परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

